romeo_movie

‘मेरो मन उज्यालो छ’


by Filmmandu 2016-12-27

काठमाडौं । फिल्ममा कलाकार मनोज आर.सी.लाई प्रायः गम्भीर मुद्रामा देख्न पाइन्छ । सकारात्मक या नकारात्मक जुनसुकै भूमिकामा अभिनय गरे पनि उनी खुलेको कहिल्यै देखिँदैनन् । रिलमा जस्तै रियल लाइफमा पनि उनको स्वभाव त्यस्तै देखिन्छ । तर उनी आफु भने आम मान्छेले सोचेको जस्तो नभएको बताउँछन् ।

‘मलाई सबैले गम्भीर बनेको देख्छन्, तर ममा त्यो गम्भीरपना छैन, जोकोही मान्छेलाई पनि अरु मान्छेले हेर्दा केही कुरा फरक पाउँछ, मेरो अनुहारमा पनि त्यो गम्भीरपना आम मानिसले देख्लान्,’मनोज भन्दैथिए,‘म आम मानिसले देखेजस्तो गम्भीर स्वभावको छैन, बाहिरीरुपमा जसले जे भने पनि भित्री रुपमा मेरो मन उज्यालो किसिमको छ ।’

नाट्यकर्मी सुनिल पोखरेलबाट अभिनयको प्रशिक्षण लिएका मनोजले फिल्मी करियरको पहिलो पाइला फिल्म ‘वीर गणेशमान’बाट शुरु गरेका हुन् । यो फिल्ममा उनी गंगालालको भूमिकामा देखिएका थिए । ‘उनीहरुको चरित्र आफैमा हिरोइक किसिमको लाग्थ्यो, उनीहरुको बारेमा इतिहास पढ्दा त्यो चरित्र भित्रै डुब्थे,’गंगालालको भूमिका स्मरण गर्दै मनोजले भने,‘इतिहास पढ्दा देशका लागि सपुत हुन पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो, वास्तविक जीवनमा सपुत हुन नपाए पनि फिल्मी पर्दामा देशका लागि काम गर्दा खुशी लाग्योा ।’

जाजरकोटमा जन्मिएर रुकुममा हुर्केका ३३ वर्षे यी कलाकार सानैदेखि भिडियो फिल्म हेर्दा रहेछन् । त्यही फिल्म हेर्दा आफुलाई पनि चरित्रमा डुबाउने मनोज त्यही बेलाको बानीले नै आफुलाई फिल्ममा काम गर्न सजिलो भएको बताउँछन् । फिल्म ‘वीर गणेशमान’, ‘लक्ष्य’, ‘सिमला’, ‘मधुमास’, ‘मिथ्या’ र ‘झुम्की’मा अभिनय गरिसकेका मनोज विशेषत पिल्म ‘मधुमास’मा उनले गरेको ‘राघव’ चरित्रबाट बढी चिनिए । दयाहाङ राईदेखि आर्यन सिग्देल अनि प्रियंका कार्कीसँग फिल्ममा काम गरिसकेका उनलाई साम्राज्ञी राज्यलक्ष्मी शाहसँग फिल्ममा काम गर्न मन रहेछ । मनोज निर्देशक मनोज पण्डितले निर्माण गरेको चर्चित वृत्तचित्र ‘ग्रेटर नेपाल’का निर्माता र सहायक निर्देशक पनि हुन् । 

 

Latest News

नेपालीको कथा भन्दै मन त परदेशी

काठमाडौं । फिल्म ‘मन त परदेशी’ आगामी पुस १४ मा रिलिज हुने भएको छ । रिलिजको लागि केहिदिन बाँकी रहँदा निर्माण पक्षले पत्रकारसँग बुधबार साक्षात्कार गरेको छ । कार्यक्रममा निर्माता दुर्गाबहादुर खड्काले फिल्मले रोजगारीको लागि खाडी मुलुक पुग्दै गर्दा नेपाली युवाले झेल्न पर्ने र झेल्दै आएका पीडाहरुलाई उठान गरेको बताए । फिल्ममा देव नेपालको निर्देशन छ । 

‘फिल्ममा विदेशी भूमिमा भोग्ने पीडालाई देखाएका छौ’ निर्माताले भने,’फिल्म हेरिरहँदा आफ्नै कथा महशुस हुन्छ ।’ फिल्मका नायक दीपेशराज पाण्डेले फिल्मले सन्देश मात्र नभई मनोरञ्जन पनि दिने बताए । ‘हामीले कथामार्फत सचेत त गराउछौ नै साथै मनोरञ्जन पनि दिन्छौ’ उनले भने, ‘फिल्मको लागि मेहनत गरेका छौ, आश छ दर्शकलाई मन पर्छ ।’

फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नीलगायतका कलाकारको अभिनय छ । फिल्म प्रति नायिका समिता पनि आशावादी छिन् । ‘बाहिर भएको शो मार्फत राम्रो प्रतिक्रिया पाएकी छु’ समिता थप्छिन ‘दर्शकलाई मेरो अभिनयले निराश बनाउँदैन ।’ 

फिल्ममा पुष्कर सुनुवारको संगीत र मरुभूमि नारायण तथा राजेन्द्रकुमार थापाको छायांकन छ । फिल्ममा दुर्गाबहादुर खड्का र भुवन शर्मा कँडेलले लगानी गरेका छन् ।

 

ह्याप्पी न्यू इयरसँग रमाए दर्शक

काठमाडौं । प्रचारका लागि हेटौडा पुगेको फिल्म ‘ह्याप्पी न्यू इयर’को युनिटलाई हेटौडाका दर्शकले साथ दिएका छन् । हेटौडाको खासा बजारबाट पहिलो कन्सर्ट शुरु गरेको फिल्म युनिटको कन्सर्ट हेर्न दर्शकको उल्लेख्य उपस्थिति थियो । फिल्मका नायक तथा निर्माता कुशल थापाले दर्शकमाझ नृत्य गर्दा दर्शकले हुटिङ र तालीले साथ दिएका थिए ।

फिल्मको शीर्ष गीतमा शब्द र संगीत दिएका संगीतकार तथा गायक विनोद ढकालले फिल्मको गीतसँगै आफ्ना चर्चित डान्सिङ नम्बर सुनाउँदा हेटौडाका युवा बढी जोसिए । कार्यक्रममा मोडल सोनिका रोकायाको आइटम नृत्य अर्को आकर्षण बन्यो ।

‘हेलो डियर, ह्याप्पी न्यू इयर’ भन्ने नारासहित मोफसल यात्रामा रहेको फिल्म युनिट नारायणघाट, बुटवल, पोखरा हुँदै १० गते काठमाडौं फर्किनेछ । पौष १४ गतेदेखि रिलिज हुने फिल्ममा देवकुमार श्रेष्ठको निर्देशन छ ।

रति श्रेष्ठ थापाको निर्माण रहेको फिल्ममा कुशल थापा, सन्ध्या केसी र पुकार गौतम प मुख भूमिकामा छन् । अष्ट्रेलियामा छायांकन गरिएको फिल्म प्रति दर्शकको प्रतिक्रिया राम्रँे हुने आशामा फिल्म युनिट छन् ।

सकियो हैरानको डबिङ

काठमाडौं । गायक तथा अभिनेता सत्यराज आचार्यको डबिङसँगै फिल्म ‘हैरान’ को डबिङ सकिएको छ । आचार्यको डबिङ गरेपछि निर्माण टीम अब अन्य प्राविधिक कार्यमा जुटेको छ । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्म कमेडी जनरामा निर्माण गरिएको छ ।

कलाकार सत्यराजले हैरान बनाउन आफूहरु पनि हैरान नै भएको बताए । ‘हैरान राम्रो बनाउन हामी पनि हैरान नभएका हैनौ किनकी मैले झन्डै २५ हजारको पान नै खाएछु । मेरो क्यारेक्टर अनुसार नै पान पनि खाएको हु र डबिङ गर्दा पनि यसलाई ध्यान दिएको छु,’उनले डबिङपछि भने,‘मैले गरेका अभिनयमा आफैलाई मन परेको एक क्यारेक्टर हैरानको पनि हो । फिल्ममा हामीले जति काम गरेका छौ भन्ने सोचेका थियौ । डबिङमा त्यो भन्दा पनि राम्रो पाएँ ।’

कलाकार तथा निर्माता गजितले फिल्म राम्रो बनाउन कुनै कसर बाकी नराखेको बताए । ‘एक साधारण व्यक्तिले दिनचर्या बिताउने क्रममा भोग्ने हैरानीलाई नै यसमा उतार्ने प्रयास गरेका छौ । फिल्मले दर्शकलाई सन्देश त दिन्छ नै साथै भरपुर मनोरंजन पनि दिन्छ ।’ उनले भने ।

डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सत्यसंगै गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई र आरोही शर्मा लगायतको अभिनय छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री छिन् ।

फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन र प्रितम पाण्डेको सम्पादन छ ।

केकीलाई नोटमा लालबाबुको अटोग्राफ !

काठमाडौं । केही समय अघि मात्र चुनाव जितेर सांसद बनेका एमाले नेता लालबाबु पण्डितले नायिका केकी अधिकारीलाई हजार रुपैंयाँको नोटमा अटोग्राफ दिएका छन् । उनले अटोग्राफ मात्र लिएनन्, केकीसँग नाँचेर सेल्फी लिन पनि भ्याए ।
आगामी पुस २१ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘राज्जा रानी’मा प्रमुख भूमिकामा देखिएकी केकीले फिल्मको प्रमोसनका क्रममा विराटनगरमा लालबाबुसँग सेल्फी लिएकी हुन् । केकी नेता लालबाबुको ठूलो शुभचिन्तक पनि हुन् ।

उनलाई राज्जा रानीले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित पब्लिसिटी कार्यक्रममा समेत मुख्य अतिथि बनाएको थियो । आफू मन्त्री बने फिल्मको लगानी उठाइदिने समेत पण्डितले बचन दिए ।
उक्त क्षेत्र पण्डितको निर्वाचन क्षेत्र समेत हो ।

उनले तराईमा व्याप्त दहेज परम्पराबारे बोले । राज्जा रानीले समेत दहेज अर्थात दाइजो प्रथाको कथा भन्छ । अब बन्ने वाम सरकारले दाइजो प्रथालाई निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई १० हजार रुपैयाँ दिने योजना ल्याउने बताए । उनले फिल्मको कथावस्तु र अभियानलाई सकारात्मक भनेर चर्चा गरे ।

बिराटनगरदेखि सुरु भएको राज्जा रानी क्याम्पेन बुधबार जनकपुरमा हुँदैछ । केकीसहित अभिनेता नाजिर हुसेन र भोर कम्पनीका प्रतिनिधि टोलीमा छन् । पुस २१ ग्ते रिलिज हुने फिल्मसँग मिलेर भोरले तराई र पूर्वी मधेशका जिल्लामा दाइजो र बालविवाह विरुद्ध जागरण अभियान चलाएको छ । उक्त अवसरमा नरहरि प्रेमी र सुमिना लोले स्टेज गायकी प्रस्तुत गरेका थिए । रमेश एमके पौडेल निर्मित सिनेमालाई यम थापाले निर्देशन गरेका हुन् ।

‘शाकाहारी भएपछि जवान महशुस गरें’

काठमाडौं । निर्देशक तथा कलाकार दिपाश्री निरौलाले ध्यानका कारण आफ्नो खानपान र जीवनशैली नै बदलिएको बताएकी छन् । राजधानीमा गत शुक्रबार आयोजित ‘भेज डिनर विद सेलिब्रिटी’ कार्यक्रममा उनले शाकाहारी बनेपछिको फाइदा सुनाइन् । ‘पहिले म ध्यानमा बस्दा आफ्नो ध्यान केन्द्रित गर्नै सक्दिनथेँ । पछि केही साथीहरूले माछामासु खानेलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने बताए । माछामासु छाडेपछि मेरो ध्यान लाग्न थाल्यो’, उनले भनिन्,‘शाकाहारी भएपछि त मनै चङ्गा हुने, सधैँ ताजा र जवान महसुस पो हुँदोरहेछ ।’

सुपरहिट फिल्म ‘छक्का पन्जा’ र ‘छक्कापन्जा २’की निर्देशक निरौला विगत २४ वर्षदेखि शाकाहारी छिन् भने उनी जति नै व्यस्त रहँदा पनि प्रतिदिन निश्चित समय ध्यान गर्ने गर्छिन् ।

ध्यान र शाकाहार प्रबद्र्धन गर्ने संस्था नेपाल शाकाहारी संघले आयोजना गरेको कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण गुरुङले संस्थाले समय समयमा यस्ता कार्यक्रम गर्ने बताए । ‘स्वस्थ जीवन जिउन प्रेरित गर्ने यस्ता कार्यक्रम मात्रै होइन, हाइकिङ र सरसफाइका कार्यक्रम पनि गर्छौं ।’ उनले भने ।

हरिवंशसँग नाँच्दा फुरुङ्ग दीपाश्री

काठमाडौं । फिल्म ‘जात्रा’बाट चर्चामा आएका निर्देशक प्रदिप भट्टराईको दोस्रो प्रोजेक्ट ‘सत्रु गते’को छायांकन अन्तिम चरणमा पुगेको छ । महसञ्चारको प्रस्तुतिमा बनेको फिल्मको ‘रुपै मोहनी’बोलको गीतको तीन दिनको छायाकंन गत आइतबार बौद्धमा गरिएको थियो । बौद्धस्थित समता हस्पिटलमा यस गीतको छायाकंन गर्दा छायांकनस्थल भन्दा पनि गीतमा नृत्य गर्ने कलाकारहरु प्रमुख आकर्षण बने ।

लोकराज अधिकारीका शब्द र टंक बुढाथोकीको संगीत रहेको गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर छ । गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरी पौड्याल, बसुन्धरा भुसालले कम्मर मर्काएका थिए ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतमा विशेषत अभिनेत्री तथा निर्देशक दीपाश्री निकै खुशी थिइन् । आफू भन्दा कलाकारिता र उमेरमा पनि विशिष्ट व्यक्ति हरिवंशसँग नाँच्न पाउँदा उनी फुरुङ्ग परेकी थिइन् ।

किरण केसीले १६ वर्षपछि निर्माण गरेको फिल्म वीरगञ्ज र काठमाडौंमा खिचिएको छ । निर्देशक भट्टराईका अनुसार शत्रुहरुलाई परास्त गर्ने विशेष एक दिनमा ‘सत्रु गते’ केन्द्रित रहेको छ ।

फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्म चैत्र ९ गते रिलिज हुँदैछ ।

Popular News
Advertisement
-